समाचार

अपडेटः हेटौंडा १ बाट दिपक सिंहलाई ९०७ भोट, वडा अध्यक्षमा न्यौपाने अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १,२,१८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को २ हजार ९२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार...

भीमफेदी ६ मा कांग्रेसका घलान निर्वाचित

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ६ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सोमबहादुर घलान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलान ६८९ मतसहित वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृत रुद्रहरी भण्डारीलेले जनाकारी दिए । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एमालेका...

कैलाश गाउँपालिकामा गठबन्धनको अग्रता कायमै

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिकामा ५ हजार ४५ मत गणना गर्दा अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्रलाल रिजाललाई गठबन्धनका लोकबहादुर मुक्तानले ८०४ मतले पछाडी पारेका छन् । प्राप्त मत परिणाम अनुसार मुक्तानले २ हजार ५ सय ४८ मत ल्याउँदा एमालेका रिजालले १ हजार ७४४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षतर्फ...

भीमफेदी ५ मा एमालेका उम्मेदवार विजयी

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ५ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम जहार सिं लामा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लामा ७७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार माओवादीका उम्मेदवार प्रदिपबहादुर वाईवाले ५९० मत...

हेटौंडामा रोचक प्रतिस्पर्धाः मिना लामा पहिलो, अनन्त पौडेल तेस्रो स्थानमा

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना अहिले जारी छ । बागमती प्रदेशको राजधानी हेटौंडाको १९ वडामध्ये अहिले वडा नम्वर १,२,१८ र १९ को मतगणना जारी छ । प्राप्त मतपरिणाम अनुसार हालसम्म मेयर पदमा गठबन्धनकी मिना कुमारी लामाले २ हजार २४२ मत ल्याएकी छिन् । उनले नेकपा एमालेका...

अपडेटः हेटौंडा १८ मा १२८२ गन्दा अनिल बानियाँ अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को १ हजार २८२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४८३ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ४०२ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले २६८ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी...

हेटौंडा १९ मा १९२० मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ९ सय २० मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७२१ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

अपडेटः बकैया ११ मा कांग्रेसका नेसुर निर्वाचित

मकवानपुर । बकैया गाउँपालिका वडा नम्वर ११ मा कांग्रेसका गोपाल बहादुर नेसुर निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार नेसुले ७६० मत ल्याउँदै जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कमल बहादुर घलानले ३२३ मत ल्याएका छन् । यसैगरी,नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण राज भुलुनले १२५...

मकवानपुरमा २२ वडाको मत परिणाम सार्वजनिकः कुन पार्टी कति वडामा विजयी ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ४ वटा वडाको मत गणना भइरहेको छ । थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको गरी कूल २२ वटा वडाको भने मत परिणाम प्राप्त भइसकेको छ । आइतबार दिउँसो १२ बजेसम्म प्राप्त नतिजा अनुसार...

थाहा नगरको ३ नम्वर वडा अध्यक्षमा माओवादीका हिरेन्द्र निर्वाचित

मकवानपुर । थाहा नगरपालिका वडा नम्वर ३ मा माओवादी केन्द्रले नेतृत्व गरेको छ । आइतबार सम्पन्न मतगणनामा हिरेन्द्र रायमाझीको नेतृत्वमा माओवादीको प्यानल नै निर्वाचित भएको हो । रायमाझीले ७५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षका...