कैलाश गाउँपालिकामा गठबन्धनको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १४:४९

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिकामा ५ हजार ४५ मत गणना गर्दा अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्रलाल रिजाललाई गठबन्धनका लोकबहादुर मुक्तानले ८०४ मतले पछाडी पारेका छन् ।

प्राप्त मत परिणाम अनुसार मुक्तानले २ हजार ५ सय ४८ मत ल्याउँदा एमालेका रिजालले १ हजार ७४४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ गठबन्धनका बालकुमार मल्लको १ हजार ९५१ मत आएको छ भने एमालेकी सुकुमाया थिङ्ले १ हजार ६ सय ७५ मत पाएकी छिन् । मल्लले एमालेकी उम्मेदवार थिङ्लाई २९३ मतले पछाडी पारेका छन् ।

कैलाश गाउँपालिकामा १४ हजार ५८६ मतदातामध्ये १० हजार ८६५ मत खसेको थियो ।