भीमफेदी ५ मा एमालेका उम्मेदवार विजयी
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ५ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम जहार सिं लामा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लामा ७७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार माओवादीका उम्मेदवार प्रदिपबहादुर वाईवाले ५९० मत प्राप्त गरेका थिए ।
उक्त वडामा १ हजार ४ सय ७८ मत खसेको थियो । वडा सदस्य सबै नेकपा एमालेबाट उम्मेदवार बनेका रिता कुमारी आले, सुमित्रा बिश्वकर्मा, बद्रिप्रसाद पौडेल र लालबहादुर स्याङ्तान विजयी भएका छन् ।
