हेटौंडा १९ मा १९२० मत गन्दा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १४:०५
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ९ सय २० मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७२१ मत ल्याएकी छिन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ५८५ र राप्रपाका दिपकबहादुर सिंहले ३०८ मत ल्याएका छन् । उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ७६४, एमालेकी सुमित्रा काफ्लेले ६७२ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ३६ मत पाएकी छिन् ।

वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ६९७, कांग्रेसको उम्मेदवारले ५७८ मत, माओवादी केन्द्रको उम्मेदवार ४९६ मत प्राप्त गरेका छन् ।