हेटौंडामा रोचक प्रतिस्पर्धाः मिना लामा पहिलो, अनन्त पौडेल तेस्रो स्थानमा
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना अहिले जारी छ । बागमती प्रदेशको राजधानी हेटौंडाको १९ वडामध्ये अहिले वडा नम्वर १,२,१८ र १९ को मतगणना जारी छ ।
प्राप्त मतपरिणाम अनुसार हालसम्म मेयर पदमा गठबन्धनकी मिना कुमारी लामाले २ हजार २४२ मत ल्याएकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई २०५ मतले पछाडी पारकी छिन् । पौडेलले २ हजार ३७ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले एमालेका उम्मेदवारलाई पछाडी पारेका छन् । सिंहले २ हजार १३७ मत ल्याएर १०० मतले पौडेललाई पछाडि पारेका हुन् ।
