समाचार
कास्कीमा ४.९ म्याग्नेच्यूटको भूकम्प
काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहिबार विहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्यूटको भूकम्प गएको हो । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस...
बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आजदेखि
काठमाडौँ । बालबालिकाहरुलाई आजदेखि कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुलाई अध्ययनरत विद्यालयमा नै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको...
बागमती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा तिमल्सिना प्रथम
मकवानपुर । बागमती प्रदेशस्तरीय वतृत्वकला प्रतियोगितामा भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रवेश तिमल्सिना प्रथम भएका छन् । प्रदेश युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत् प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा भएको प्रतियोगितामा निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय भइन् । चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय र वेलकोट नगरपालिकाका विविना लामिछाने सान्त्वना भएकी हुन् । उनीहरुले...
हेटौंडामा मापसे चेकिङमा कडाई गरिने, ५ वटा मेसिन सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले सक्रियता देखाउँदै मेसिन सहयोग गरेको हो । उपमहानगरकी मेयर मीना लामा र उपमेयर राजेश बानियाँले ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापालाई ५ वटा मेसिन हस्तान्तरण...
बागमती प्रदेश : रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न सम्झौता
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालयसँग सम्झौता गरेको छ । मल उद्योग स्थानपनाको सम्भाव्यता अध्ययन गर्न बुधबार प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको कार्यक्रममा काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता भएको हो । सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट कृषि...
भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका युवकको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध कारोबारमा सजाय भोगिरहेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा उक्त कारगारमा सजाय भोगिरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको...
अनेरास्ववियु क्रान्तिकारीद्वारा नगर प्रमुख लामालाई ज्ञापनपत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले निः शुल्क शिक्षा लागू गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्यबहादुर गोलेको नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पुगेर नगर...
माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि सर्ने भएको छ । यही असार १५ गतेको लागि तोकिएको माओवादी केन्द्रीय समितिको बैठक फेरि सर्ने भएको हो । असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक सार्न लागेको माओवादी केन्द्रका एक...
अफगानिस्तानमा भूकम्पमा परेर ९२० को ज्यान गयो
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर ९२० जनाको ज्यान गएको छ । उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले जानकराी दिए । उनका अनुसार, ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्नेछ । अहिलेसम्म ६००...
थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा...










