अफगानिस्तानमा भूकम्पमा परेर ९२० को ज्यान गयो

एजेन्सी
२०७९ असार ८,बुधबार १७:०२
सांकेतिक तस्वीर

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर ९२० जनाको ज्यान गएको छ । उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले जानकराी दिए ।

उनका अनुसार, ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्नेछ । अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।