कास्कीमा ४.९ म्याग्नेच्यूटको भूकम्प

तु खबर संवाददाता
२०७९ असार ९, बिहीबार ०८:१३

काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहिबार विहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।