समाचार
कैलाश गाउँपालिकाः स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चारतर्फ यस्ता छन् योजना
मकवानपुर । कैलाश गाउँपालिकाले एमबिबिएस डाक्टर र अल्ट्रासाउन्ड सुविधासहितको कैलाश अस्पताल यसै आर्थिक बर्षभित्र संचालनमा ल्याउने जनाएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
कैलाश गाउँपालिकाः प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा...
राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सात वटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले...
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ । बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकराी दिए । उनका अनुसार, केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र...
मकवानपुरका १० वटै पालिकाले वार्षिक बजेट ल्याउँदै
मकवानपुर । मकवानपुरका १० वटै पालिकाले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार आज सबै पालिकाहरुले बजेट प्रस्तुत गर्दैछन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, बकैया, भीमफेदी,...
महोत्तरी कारागारमा एक कैदीको मृत्यु
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, यादव कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका थिए । उनी बिहान २...
आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।...
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा डाक्टर मुकुल ढकाल चयन भएका छन् । असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहनेछ । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने...
पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन
मकवानपुर । वर्षाका कारण आएको पहिरोले अवरुद्ध मकवानपुरको सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश १ र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश,...










