महोत्तरी कारागारमा एक कैदीको मृत्यु
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, यादव कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका थिए । उनी बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको जनाइएएको हो ।
