समाचार

पूर्वमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला

विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि आज बिहानै शंकास्पद वस्तु फेला परेको छ । बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका...

आज पालिका बजेट सार्वजनिक हुँदै

मकवानपुर । आज धेरैजसो पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने भएको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार, आज पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेको...

हेटौंडामा आज एक दिने ‘डेरी मेला’ हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) एक दिने ‘डेरी मेला’ हुने भएको छ । उक्त मेला नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजना गर्न लागेको हो । दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचारप्रसार गर्न उक्त...

एकल महिला दिवसमा सम्मान तथा सामुहिक गीत

मकवानपुर । १२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता...

२२ बीमा कम्पनीहरुलाई कारवाही

काठमाडौं । बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमा क्रमशः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स,...

बैंकिङ कसुर मुद्दामा फरार युवक प्रहरीको फन्दामा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्का रहेका छन् । खड्कालाई असार ८ गते अर्थात बुधबार बानेश्वरस्थित तीनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उच्च अदालत...

मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका १९ वर्षीया सिरिसा सिंह महथा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई...

अनेरास्ववियु क्रान्तिकारी मकवानपुरद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले शिक्षा क्षेत्रमा भएको विकृति, विसंगतिहरुको उन्मूलन गर्न र संविधानतः निशुल्क शिक्षा लागू गर्न माग गर्दै आज मनहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्यबहादुर गोले नेतृत्वको टोलीले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई बुझाएको हो...

जनमोर्चा पार्टीले महंगीको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी, भ्रष्टाचार, कालोबजारी, मल, बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीको असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका...

थप ४९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर ४९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना र १...