थप ४९ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १७:५३
file-photo

काठमाडौं । देशभर ४९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६ पुगेको छ । तीमध्ये हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।