आज पालिका बजेट सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार ०८:४१
file-photo

मकवानपुर । आज धेरैजसो पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने भएको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार, आज पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेको हो ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।