बैंकिङ कसुर मुद्दामा फरार युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ असार ९, बिहीबार १८:३१

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्का रहेका छन् ।

खड्कालाई असार ८ गते अर्थात बुधबार बानेश्वरस्थित तीनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उच्च अदालत पाटनले २०७८ चैत ७ मा उनलाई ४ दिन कैद र १० लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । २०७७ भदौमा उनले दिएको प्रभु बैंकको चेक बाउन्स भएको थियो ।