एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार १०:२१

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ । बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकराी दिए ।

उनका अनुसार, केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक बोलाइएको छ । आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ ।