समाचार
हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका वढा नम्वर ५ राधाकृष्ण मन्दिर नजिकै भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौरका २५ वर्षीय विशाल...
१३ वर्षीया बालिका बलात्कार गर्ने मकवानपुरका युवक पक्राउ
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजा रहेका छन् । उनलाई बुधबार राति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको...
निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे निर्णयका लागि फाइल पठायो
काठमाडौं । निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा फाइल पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषदमा पठाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...
प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गरिने
काठमाडौं । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७–०७८ देखि २०८७–८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो...
नेप्से ७४ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौं अर्थात बिहीबार नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको छ । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकले बढेको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख...
बागमती प्रदेश : सत्ता परिवर्तनको लागि हस्ताक्षर संकलन गर्दै कांग्रेस र माओवादी केन्द्र
मकवानपुर । बागमती प्रदेशको सत्ता परिवर्तनको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट पास भएलगतै मुख्यमन्त्री परिवर्तन गर्ने गरी कांग्रेस र माओवादीका सांसदहरुले एकीकृत समाजवादीविरुद्ध हस्ताक्षर संकलन कार्य सुरु गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद...
बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको...
बागमती प्रदेशसभाको बजेट बहुमत पारित
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारले ल्याएको बजेट बहुमतले पारित गरिएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार, आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा...
घर भत्किँदा एक बालिकाको मृत्यु , २ जना घाइते
महेन्द्रनगर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार, बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको...










