नेप्से ७४ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौं अर्थात बिहीबार नेप्से परिसूचक उच्च बिन्दुमा पुगेको छ । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकले बढेको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबार केही हदसम्म माथि उक्लिएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक नै चम्किएका छन् ।
