समाचार

विपद व्यवस्थापनका लागि तयार रहन मन्त्री लामाको अनुरोध

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । मन्त्री लामाले बुधबार प्रेस वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षा भईरहेकाले बाढी पहिरो, डुवान कटान जस्ता प्राकृतिक विपद आउन सक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई...

राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

रुपन्देही । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गगरिएको जानकारी दिए । लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको जानकारी गराए । उनले राजीनामा...

हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । संरक्षित वन्यजन्तुको गैंडाको शिकार गरी खाग राख्ने एवम् खरिदबिक्रीमा संलग्न फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शक्तिखोर ठेगाना भएका ४१ वर्षीय रामकुमार प्रजा रहेका छन् । प्रजालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीका...

मकवानपुरगढीमा रोपार्ईं महोत्सव

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपार्ईं महोत्सव मनाइएको छ । बुधबार असार १५ मा मनाइने धान दिवसको अवसर पारेर वडा नम्वर २ मा रहेको कुर्लेफाँटमा धान रोपार्ईं महोत्सव मनाइएको हो । धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ वंशगोपाल...

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ गतेदेखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि...

बुधबार ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६२० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन...

सेयर बजार ४१ अंकले बढ्यो

काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै...

बलात्कारको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

बैतडी । २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । गत चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई...

रवि लामिछानेको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह नपाउने

काठमाडौँ । रवि लामिछानेले गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा...

प्रदेश सरकारले काठमा आत्मनिर्भर हुने नीति अनुसार काम गरिरहेको छ : मन्त्री खड्का

मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश सरकारले आगामी ५ वर्षको अवधिमा काठमा आत्मनिर्भर हुने नीति अनुसार काम गरिरहेको बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । बागमती प्रदेश सरकारले पहिलो पटक ढलेका काठ...