समाचार

चितवनका ५० हजारभन्दा बढी परिवार बाढीको जोखिममा

चितवन । चितवनमा बाढी पहिरोबाट ५० हजारभन्दा बढी घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जिल्लामा ५० हजार ५०० घरपरिवार बाडीको जोखिममा रहेका छन् । जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् भने बाढीबाट भरतपुर महानगरपालिका बढी...

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । गत बैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ । लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याइएको विनियोजित बजेट पारित गर्ने तयारी रहेको छ । प्रदेश...

चोरीमा संलग्न मकवानपुरका युवकसहित ५ जना पक्राउ

चितवन । चितवन प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थान र मितिमा विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले चोरीमा संलग्न मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भरतपुर–१६ का २२ वर्षीय संकल्प पनेरु, बाग्लुङ जैमिनी–८ का...

मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बोटबारी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार खोला तर्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बुधबार वर्षासँगै आएको बाढीले...

गल्ती सुधारेर अघि बढे धान निर्यात गर्न सक्छौँः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासंघले १९ औं धान दिवसका अवसरमा बुधबार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाईं महोत्सवमा उनले अहिले हामी आफैंले गर्दै आएको लापरवाही असावधानीको अन्त्य गर्दै...

सप्तकोशीमा पानीको बहाव बढेपछि २४ वटै ढोका खोलियो

काठमाडौँ । अविरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले...

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारको निर्णय

काठमाडौँ । विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाइने भएको छ । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र...

देशभर १७ प्रतिशत रोपाईं सकियो

काठमाडौँ । देशैभर हालसम्म १७ प्रतिशत मात्रै रोपाईं भएको कृषि विभागले जानकारी दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको र रोपाईं तीव्र रुपमा भएपनि अन्य प्रदेशमा भने मनसुनमा ढिलो भएको कारण रोपाईं १७ प्रतिशत मात्रै भएको विभागको भनाई छ । असार १५ गतेसम्म प्रदेश नम्बर १...

उद्योग क्षेत्रका नीति निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रका नीतिहरु निर्माणमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा निर्माण हुन नसकेका धेरै किसिमका उद्योग वाणिज्य क्षेत्रका...