समाचार

सवारी दुर्घटनामा केसीसहित दुई जनाको मृत्यु

दाङ । दाङमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ नम्वरको मोटरसाइकलले घोराही–७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५...

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । उनीहरुलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार, पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना...

बस दुर्घटना हुँदा ३१ जना घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्वरको बस आज (शुक्रबार) बिहान करिब २ बजेतिर सडकमै पल्टिएर दुर्घटना हुँदा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये...

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

मकवानपुर । नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

बागमती प्रदेशमा मेरो नेतृत्वमा सरकार परिवर्तन हुन्छ – इन्द्र बानियाँ

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा चाँडै सरकार गठन हुने बताए । विहिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बानियाँले सरकार परिवर्तनको लागि आवश्यक प्रक्रिया मिलाउनका लागि मुख्यमन्त्री राजेन्द्र...

मकवानपुरका प्रजिअ भरतमणि पाण्डेको सरुवा

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको सरुवा भएको छ । पाण्डेले जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएका हुन् । उनको सरुवा भएसँगै मकवानपुरमा राजेन्द्र देव पाण्डे आउने भएका छन् । राजेन्द्र देव यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–११ मा बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत रहेकी छिन् । अस्पतालका स्टाफ बोकेर ओरालो झर्ने क्रममा बा १ क ५७४७ नम्वरको...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। कांग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा...

थप ५५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र...

गाँजासहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका नम्वर ९ ज्यामिरेबाट १५ किलो गाँजासहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्रबहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर...