बस दुर्घटना हुँदा ३१ जना घाइते
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्वरको बस आज (शुक्रबार) बिहान करिब २ बजेतिर सडकमै पल्टिएर दुर्घटना हुँदा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये ७ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । खाल्डाखुल्डीका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
