समाचार

हेटौंडामा रक्तदानको आयोजना

मकवानपुर । लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारले आयोजना गरेको रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स मुक्तिनाथ परिवारले हरेक वर्षको जुलाई १ मा रक्तदान कार्यक्रम गर्दै आइरहेको हुँदा यस वर्षपनि सोही कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा २०...

बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ प्रहरीको फन्दामा

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका दुई जनालाई आज बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरी घर भई ललितपुर बस्ने...

मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा नजिक आज दिउँसो फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौंडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्वरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे हो । मृत्यु हुनेमा...

बागमतीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ११ बजे बस्ने गरी बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको उनले बताए । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस...

सिटी कलेजको प्रबन्ध निर्देशकमा रघु खराल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित जेनिथ इन्टरनेशनल स्कूल तथा हेटौंडा सिटी कलेजले आफ्नो विद्यालयको प्रबन्ध निर्देशकमा प्राचार्य रघु खराललाई नियुक्त गरेको छ । हेटौंडामा रहेको तुल्सी मेयर मेमोरिल तथा नारायणी कलेका संस्थापक समेत रहेको खराललाई सिटी कलेजले प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । खराललाई शुक्रबार एक...

हेटौंडा उपमहानगरपालिकाद्वारा सहकारीलाई ट्रयाक्टर

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई ट्याक्टर सहयोग गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को यान्त्रिकरण अनुदान कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा उक्त सहकारीलाई ट्रयाक्टर सहयोग गरेको हो । उपमहानगरपालिकाले कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्यले सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा...

थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५...

दुर्घटनामा परेर १० जनाको मृत्यु

इरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा उनीहरुको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ । यस्तै, अन्य दुई जना घाइते भएको इरान...

रवि लामिछाने नेतृत्वको पार्टी दर्ता

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको...

नेप्से झिनो अंकले घट्यो, साढे १ अर्बमाथिको कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहीबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८ दशमलव ८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा...