समाचार
झुण्डिएको अवस्थामा भेटियो रायमाझीको शव
काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारीको शव फेला परेको छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार, रायमाझी त्यहाँ डेढ वर्षदेखि...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने गरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत...
हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन
मकवानपुर । मकवानपुरको हेटौंडामा रिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम...
कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो सातामा मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान तथा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी...
थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११...
पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौति थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी...
हेटौंडाका बजगाई पक्राउ
काठमाडौं । सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का ४१ वर्षीय गोपी बजगाई रहेका छन् । उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ...
यातायात व्यवसायी उपभोक्ता सहकारीको १३ औं साधारण सभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष सुमनलाल श्रेष्ठ, संस्थापक सचिव...
मकवानपुरका मोक्तानसहित तीन जना पक्राउ
मकवानपुर । प्रहरीले पोखराबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ का ३४ वर्षीय सुजित मुल्मी, पोखरा महानगरपालिका–२ का ३१ वर्षीय रविन मगर र मकवानपुरको बकैया गाउँपालिका–५ का ३१ वर्षीय बाबुराम मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो...
एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु
काठमाडौँ । बागमती प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति रहेको छ । बागमतीमा सत्तारुढ दलहरुबीच नै प्रदेश सरकार परिवर्तनको कसरत...









