मकवानपुरका मोक्तानसहित तीन जना पक्राउ
मकवानपुर । प्रहरीले पोखराबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ का ३४ वर्षीय सुजित मुल्मी, पोखरा महानगरपालिका–२ का ३१ वर्षीय रविन मगर र मकवानपुरको बकैया गाउँपालिका–५ का ३१ वर्षीय बाबुराम मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–७ नुहारथोकबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध डाईजापाम ६५, फेनेरागन ६५, नुर्फिन ६५ एम्पुल गरी कुल १९५ एम्पुल, कालो छालाको दाप धारिलो हतियार १ थान र मोवाइल ४ थान बरामद गरेको हो । कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद म्याद थपेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
