समाचार

बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

काठमाडौं । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ । स्वास्थ्य सेवा विभाग...

मुख्यमन्त्री बन्नकै लागि मरिहत्ते गर्दिन– बानियाँ

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् । आज एक टेलिभिजनमा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए । कांग्रेस पद भन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली ररहनुका साथै प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

नेपाल मगर संघ मकवानपुरको अधिवेशन साउन २७ गते हुने

मकवानपुर । नेपाल मगर संघ मकवानपुरको जिल्ला अधिवेशन आगामी साउन २७ गते हुने भएको छ । शनिबार हेटौंडामा बसेको १५ औं पुर्ण बैठकले उक्त निर्णय गरेको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङ मगरले जानकारी दिए । जिल्ला अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागि आर्थिक समिति गठन गर्ने...

प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति जना ?

काठमाडौं । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो संख्यामा भर्ना खुलेको छ । प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ । शाखाका अनुसार, प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८,...

आज हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५...

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी हुन गएका सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किने भएका हुन् । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको...

पहिरोमा परेर २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । पहिरोमा परेर अझै ३८ जना बेपत्ता भएका छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।...

तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुन: लामा

मकवानपुर । तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुनः श्यामप्रसाद लामा चयन भएका छन् । सभाको शनिबार हेटौंडामा भएको १५ औं साधारणसभा एवम् तेस्रो राष्ट्रिय अधिवेशनबाट लामाको संयोजकत्वमा २१ सदस्यीकय कार्यसमिति चयन भएको हो । यस्तै, सभाको उपाध्यक्षमा सन्तोष कुमार लामा, महासचिवमा डा. धनबहादुर मोक्तान, सचिवमा सरस्वाती लामा र कोषाध्यक्षमा कुमारी...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । तीन दिनसम्म संचालन हुने बैठकमा मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम...