पहिरोमा परेर २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।
पहिरोमा परेर अझै ३८ जना बेपत्ता भएका छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए ।
असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना अझै बेपत्ता छन् ।
