समाचार

बानियाँलाई मुख्यमन्त्री बनाउन पाण्डे सकारात्मक, औपचारिक निर्णय हुँदै

मकवानपुर । बागमती प्रदेशमा सत्तारुढ दलहरुबीच सरकार परिवर्तनको कसरत भइरहेको बेला नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक आज काठमाडौँमा बस्दैछ । पार्टी अध्यक्ष माधव नेपालको उपस्थितिमा बस्ने बैठकले प्रदेश सरकार परिवर्तनको विषयमा निचोड निकाल्ने जनाइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि...

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा, विमानस्थल बनाउने घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेका हुन् । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् प्रधानमन्त्रीसहितको टोलीमा माओवादी...

उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउँतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ । उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा...

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको बैठक वीरगञ्जमा बस्ने भएको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति...

पशुपतिनाथ माविमा विपद् ब्यवस्थापन तालिम

मकवानपुर । मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा विपद् ब्यवस्थापनसम्बन्धी ४ दिने तालिम समापन भएको छ । विपद् ब्यवस्थापनको विषयलाई विद्यालय सुधार योजनामा एसआइपीमा समावेश गरी सुरक्षित विद्यालय अवधारणालाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधिलाई तालिम प्रदान गरिएको हो । केन्द्रीय आयोजना कार्यान्वयन ईकाइको आयोजनामा भएको चार दिने...

आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । गुल्मीमा आफ्नै भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि...

बर्दियामा गोली लागेर एकको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको...

पहिरोले घर बगाउँदा ३ जना बेपत्ता

पाँचथर । पाँचथरमा अविरल वर्षासँगै आएको पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेका छन् ।...

मकवानपुरका प्रजिअ राजेन्द्र पाण्डेले गरे पदभार ग्रहण

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयबाट सरुवा भएर आएसँगै पाण्डेले शुक्रबार पदभार ग्रहण गरेका हुन् । मकवानपुरमा यसअघि प्रमुख जिल्ला अधिकारी रहेका भरतमणि पाण्डेको भने रुपदेन्हीमा सरुवा भएको छ । प्रशासले उनलाई बिहीबार विदाई गरेको थियो । सरुवा भएका भरत...