बर्दियामा गोली लागेर एकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १८, शनिबार ०८:५६
file photo

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, उक्त गोली कसले कसरी चलाएको भन्ने बारे खुलेको छैन । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।