समाचार

बेपत्ता भएका बालकको शव फेला

कैलाली । कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको जनाएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक (२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा...

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यालय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको सचिव अधिकारीले जानकारी दिए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन...

सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सो बारे जानकारी गराएको हो । महानगरपाकिलाले गरी साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य...

स्रोत नखुलेको १० लाखसहित मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाँपालिका–९ की कल्पना घलान र कैलाश गाउँपालिका–१ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जन रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९८ हजार...

हेटौंडा उपमहानगरपालिकाद्वारा १० परिवारलाई बाख्रा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आदिवासी जनजाति महिलाहरुलाई बाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाले विभिन्न वडामा रहेको विपन्न समुदायका आदिवासी जनजाति महिलालाई बाख्रा वितरण गरेको हो । उपमहानगरपालिकाले दिगो आर्यआर्जनमा टेवा पुर्याउने लक्ष्यसहित प्रतिघर २ वटाका दरले १० परिवारलाई बाख्रा वितरण गरेको हो । उपमहानगरपालिकाले हेटौंडा–८ का कमला गुरुङ र...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । वर्षाका कारण आएको पहिरोले अवरुद्ध मकवानपुरको सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा...

बालिकाको शवसहित तीन जना प्रहरीको नियन्त्रणमा

पर्सा । पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेहरुमा क्रमशः स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका...

आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार, बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश १ का एक–दुई स्थानहरुमा भारी...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो...