राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

तु खबर संवाददाता
२०७९ असार १७, शुक्रबार ०८:५२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो । प्रवक्ता श्रेष्ठका अनुसार, बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।