समाचार

मन्त्री हेरफेरको लागि जसपाले बुझायो नाम

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम बुझाएको एक नेताले बताए । नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ ।...

मकवानपुरका घलान मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ मकरीस्थित जंगलमा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ६५ वर्षीय मानबहादुर घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, घलान गत शनिबारदेखि बेपत्ता थिए । बेपत्ता उनको खोजीकार्य गर्दा आइतबार साँझ मृत अवस्थामा भेटिएका...

गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ कुत्तासिङबाट करिब ३ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान पक्राउ गरेको...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

मकवानपुर । मकवानपुर जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध मावि बकैयाले हा पारेको छ । जिल्लाको १० पालिकामध्ये ८ वटाको सहभागितामा भएको जिल्ला स्तरीय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरी शिल्डको उपाधि हात पारेको हो । यस्तै, जनकल्याण मावि...

हेटौंडाका दुई युवक पक्राउ

मकवानपुर । प्रहरीले लागूऔषधसहित हेटौंडाका दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट ४ सय ४९ बोतल लागूऔषध विनिसिरेक्स कफ सेरूपसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन्...

आगामी चुनावमा जता फाइदा हुन्छ उतै गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ । दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने आइतबार सम्पन्न लोसपाको कार्यकारिणी...

शेयरबजारमा हरियाली

काठमाडौं । आज शेयरबजारमा हरियाली छाएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । पछिल्ला केही महिनायता १ अर्बको कारोबार हुने शेयरबजारमा आज बजार बढेसँगै कारोबार समेत साढे २ अर्बको हुन पुगेको छ । गत साताको अन्तिम दुई...

बाबुराम भट्टराइलाई माओवादीमा फिर्ता ल्याउन प्रयास भइरहेको छ – पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई माओवादी पुनः ल्याउन छलफल भइरहेको जानकारी दिएका छन् । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएपछि भट्टराईलाई ल्याउन माओवादी केन्द्रले प्रयास गरिरहेको उनले बताए ।...

सबै कम्युनिष्टहरु एकै ठाउँमा हुने गरी पहल गरिरहेका छौँ – प्रचण्ड

काठमाडौँ । सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने आफूहरूको प्रयास जारी रहने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउन पहल भइरहेको बताए । उनले पूर्व माओवादीहरू एक ठाउँमा आइरहेको र नेकपा...

मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ स्थित धरान चतरा सडकखण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेकोको ना ७ त ८०७३ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक...