मकवानपुरका घलान मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार ०९:१९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ मकरीस्थित जंगलमा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ६५ वर्षीय मानबहादुर घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घलान गत शनिबारदेखि बेपत्ता थिए । बेपत्ता उनको खोजीकार्य गर्दा आइतबार साँझ मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनको बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।