राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई
मकवानपुर । मकवानपुर जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध मावि बकैयाले हा पारेको छ । जिल्लाको १० पालिकामध्ये ८ वटाको सहभागितामा भएको जिल्ला स्तरीय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरी शिल्डको उपाधि हात पारेको हो ।
यस्तै, जनकल्याण मावि थाहानगरपालिकाले ५ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित दोस्रो भएको छ भने हेटौडाको जनपृय मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ सुृन्दरी देवी मावि थाहानगर प्रथम, अरनीको मावि हेटांैडा द्धितीय र कालिका मावि कैलाश तृतीय भएका छन् । यस्तै, छात्रा तर्फ जकल्याण मावि प्रथम, भानुमावि मकवानपुर गढी दोस्रो र कालिका मावि इन्द्रसरोवर तृतीय भएका छन् ।
यसैगरी, कबड्डीमा छात्र तर्फ जनप्रिय हेटांैडा प्रथम, जनकल्याण थाहा द्धितीय र चण्डीका मावि गढी तृतीय भएका छन् भने कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम, चन्द्रोदय मावि हेटांैडा द्धितीय र बंशगोपाल मकवानपुरगढी तृतीय भएका छन् ।
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी, र करुणा पाख्रीन बालबोध मावि हेटौंडा, भलिबलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्बा तथा कबड्डीमा जनप्रियका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् ।
विजेता खेलाडी तथा उपविजेताहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, विभिन्न खेल संघका अध्यक्षहरुले मेडल शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।
दुई दिनसम्म संचालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।
