समाचार

मकवानपुरमा विजुली वितरण प्रणालीमा समस्या, समाधान गर्न कांग्रेसको १५ दिने अल्टिमेटम

मकवानपुर । मकवानपुरको विभिन्न क्षेत्रमा विद्युत वितरण प्रणालीमा देखिएको समस्यालाई तत्काल समाधान गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका जिल्ला सचिव भीमसेन महतले सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दिपेन्द्रराज द्धिवेदी र हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र श्रेष्ठलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्याका विषयमा...

शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शउक्त प्रस्ताव गरेको हो । यस्तै, निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी...

मन्त्रिमण्डल हेरफेर : जसपाका तीन मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री...

मातृभूमि समाज मकवानपुरले ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने

मकवानपुर । मात्रृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको छ । भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् संर्वद्धनको हेतुले वि.स २०५६ सालदेखी स्थापना गरिएको उक्त संस्थाले आगामी असार २५ गते एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हो ।...

महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र केशवलाल स्मृति पत्रकारिता पुरस्कार दाहाललाई

मकवानपुर । मात्रृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुस्स्कारबाट प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कार ५१ हजार रुपैयाँ राशीसहित मुकारुङ्गलाई प्रदान गरिने भएको हो । मातृभूमि मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले सोमबार संयुक्त रुपमा हेटौंडामा पत्रकार...

थप ४० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन...

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार १२ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको हो । बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक...

भारतीय दूतावास सुरक्षाकर्मीको मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो

काटमाठौं । भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । ३२ वर्षीय अधिकारीले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका...

तिनाउमा डुबेर एक जनाको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । यस्तै, उक्त नदीमा डुबेर अर्का एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शनि कुमार...

बजेट निर्माणमा बिचौलिया प्रयोगबारे छानबिन गर्न ओलीले गरे संसदीय समितिको माग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् । उनले...