समाचार
माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । प्रज्ञा भवन कमलादीमा आज बिहान ११ बजे बस्ने गरी...
लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारी रहेका छन् । अन्सारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५९० एम्पुल लागूऔषधसहित सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, कलैयाबाट...
अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको भएको छ भने कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । पार्टीको भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको महामन्त्री गगन थापाले जानकारी दिए । यस्तै, भ्रातृ संस्थाको विधान बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले...
विपद् पीडितलाई बीमा रकम भुक्तानी
सुर्खेत । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितलाई रु ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/०७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई...
राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता...
आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको...
एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । हासचिव बेदुराम भुसालका अनुसार, शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको...
हेटौंडा उपमहानगरपालिकाद्वारा आगामी आवको नीति तथा कार्यक्रम र वार्षिक वजेट पारित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सोमबार सम्पन्न एघारौँ अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि पेश भएको आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । बैठकले आगामी आवको लागि कूल २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो...










