लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार २१, मंगलवार ०९:४०
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारी रहेका छन् । अन्सारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५९० एम्पुल लागूऔषधसहित सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ५९५८ नम्वरको भाडाको टाटा सुमो जाँचका क्रममा लागूऔषधसहित अन्सारीलाई पक्राउ गरिएको हो । प्रहरीले अन्सारीले झोलामा बोकेर ल्याएको डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद गरेको छ । घटनामा संलग्न अन्सारीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।