कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । पार्टीको भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको महामन्त्री गगन थापाले जानकारी दिए ।
यस्तै, भ्रातृ संस्थाको विधान बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।
उक्त बैठकमा विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ले बताइन् ।
