फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

तु खबर संवाददाता
२०७९ असार २१,मंगलवार ०८:४८
filr-photo

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको छ । भाउ बढेसँगै पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मटितेल १७२/१७२ रुपैयाँ तथा र हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँमा कारोबार हुनेछ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।