समाचार

मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउन अनलाइन फाराम भर्नुपर्ने

मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि अनलाइन फाराम भर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मंगलबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । प्रशासनले जारी गरेको सूचनामा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भरी...

मकवानपुर प्रहरीले ४२२ किलो गाँजा जलायो

मकवानपुर । मकवानपुर प्रहरीले बरामद गरिएको ४२२ किलो लागूऔषध गाँजा नष्ट गरेको छ । उक्त परिमाणको गाँजा मंगलबार इलाका प्रहरी कार्यालय पालुङ नजिकै खोलाकिनारमा जलाएर नष्ट गरेको हो । प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले जेठ ८ गते राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख...

दुर्घटनामा परेर तामाङको मृत्यु

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा मंगलबारर दिउँसो सवारी दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ । दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्‍यु हुनेमा रामेछाप घर...

मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्च अदातमा निवेदन पेश गरिएको छ । संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै उनको नियुक्तिको खारेजी माग गर्दै अधिवक्ता अनुपम भट्टराईले मंगलबार सर्वोच्चमा रिट निवेदन पेश गरिएको हो । उक्त रिट निवेदन रुजु भइसकेको र...

४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ । मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा...

मंगलबार एकैदिन ९० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा मंगलबार एकैदिन ९० जनामा कोरोना भाइर (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३ हजार १२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा आरटी पीसीआर विधिबाट ७३ र एन्टीजेन विधिबाट १७ जनामा कोरोना संक्रमण...

चट्याङ लागेर २ मृत्यु, १३ जना घाइते

काठमाडौं । एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङ लागेर प्युठानको ऐरावती–...

आलुको बोराभित्र ८३ लाख नेपाली रुपैयाँ बरामद, दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको...

रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । रामेछापमा आज मंगलबार बिहान बस दुुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र...