४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ ।
मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन शेयरबजार झिनो अंकले घटेपनि ४ अर्बमाथिको कारोबार भएको थियो ।
साथै नेप्सेमा रहेका सबै उपसूचक राताम्य छन् । आज सर्वाधिक रुपैयाँका आधारमा निर्जिबन बीमा सूचकको घटेको छ भने प्रतिशतका आधारमा अन्य समूहको घट्न पुगेको छ ।