समाचार

हेटौंडाकी एक महिलालाई हैजा पुष्टि

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ की एक महिलालाई हैजा रोग पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेका अनुसार, दुई हप्ता अघि काठमाडौंस्थित आफ्नो माईती गएकी ३३ वर्षीया महिलामा हैजा पुष्टि भएको हो । ती महिलाको विरेन्द्र सैनिक अस्पतालमा उपचार...

प्रदेश र संघको चुनाव मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनाव आगामी मंसिर २ गते गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,...

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । गत जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भई बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित...

हेटौंडा उपमहानगरपालिकाद्वारा जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय

मकवानपुर । खेतीयोग्य जमिनको बढ्दो खण्डिकरणलाई न्यूनिकरण गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने निर्णय गरेको हो । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको...

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा पौडेल पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेल सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित...

माओवादी केन्द्रीय समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक पनि स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार,...

असार २६ गते देशभर सार्वजनिक विदा हुने

मकवानपुर । आगामी असार २६ गते देशभर सार्वजनिक विदा हुने भएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गरी सो पर्वको अवसरमा असार २६ गते आइतबार...

९० केजी गाँजासहित २ भारतीय पक्राउ

पर्सा । प्रहरीले ९० किलो लागूऔषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् । उनीहरुलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले...

पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, पहिरोमा परेर सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी...

जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्वर ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको हो । उनको...