९० केजी गाँजासहित २ भारतीय पक्राउ

तु खबर संवाददाता
२०७९ असार २२, बुधबार १५:१३
सांकेतिक तस्बिर

पर्सा । प्रहरीले ९० किलो लागूऔषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।

उनीहरुलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीले युपी ७० बीके ९९५५ नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको जनाइएको छ ।