प्रदेश र संघको चुनाव मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

तु खबर संवाददाता
२०७९ असार २२, बुधबार १७:१५

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनाव आगामी मंसिर २ गते गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए ।

१२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले १२० दिनको समय अवधि हुने गरि निर्वाचनको मिति दिने जवाफ दिएका थिए ।