समाचार

जिल्ला पार्टीसँग प्रेस युनियन महाधिवेशन केन्द्रित छलफल

मकवानपुर । आगामी साउन ६ र ७ गते हेटौंडामा हुन गइरहेको नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाविधेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टीका पदाधिकारीलगायतसँग छलफल गरिएको  छ । बिहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा महाधिवेशन तयारीका लागि गठित स्थानीय समन्वय समितिले जिल्ला सभापतिसहित पदाधिकारी, भातृ तथा...

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । असार १९ गतेदेखि काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफलमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने गरी बोलाइएको छ ।...

सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरमा

धनुषा । मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो । उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन...

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ बिक्री गर्न लागेको हो ।...

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप...

एसईईको प्रश्नपत्र प्रति केजी १७ रूपियाँमा बिक्री

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर...

बसपार्कको प्रतिक्षालयमा भेटियो पुरुषको शव

विराटनगर । विराटनगर बसपार्कमाआज बिहानै एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार, ती पुरुष बसपार्कको प्रतिक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका हुन् । उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतिक्षालयमा बसिरहेका थिए ।...

कटुवा पेस्तोलसहित २ जना पक्राउ

वीरगञ्ज । प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन् । सिम्रौनगढ– १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचनाको आधार पुगेर...

सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्वरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्कुटरको पछाडि सवार लोहनी...

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदैछ । बुढीगंगामा बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएपछि आज पुनः मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्...