अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

तु खबर संवाददाता
२०७९ असार २३,बिहीबार १०:१२
file-photo

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।