समाचार

माओवादीले श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २/४ दिनको समय मागेका हुन् । वरिष्ठ उपाध्यक्षमा...

एम्बुलेन्स दुर्घटनामा शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु भएको छ । जिलाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत घर जाँदै गर्दा...

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म...

माओवादी केन्द्रको पोलिट्ब्यूरो समितिमा १५६ सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो । बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन्...

मृत भेटिइन् दलित महिला सदस्य

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मृत अवस्थामा भेटिएकी छन् । ३० वर्षीया मेनुजा विश्वकर्मा आज बिहीबार बिहान मृत अवस्थामा भेटिएकी हुन् । मृत फेला परेकी छन् । माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मंगलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनका...

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५१५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र...

हेटौंडामा पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रम आज बिहीबार सम्पन्न भएको हो । समापन कार्यक्रम बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संसदको...

मकवानपुरका लामा प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको भीमफेदीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेबाट लागूऔषध गाँजासहित एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा भनिने मानबहादुर मोक्तान रहेका छन् । उनलाई प्रहरी चौकी भैसेबाट खटिएको...

मकवानपुरमा भोलिबाट इ–पासपोर्टको लागि निःशुल्क अनलाइन फारम भर्न सकिने

मकवानपुर । मकवानपुरकामा भोलि शुक्रबारबाट विद्युतीय इ पासपोर्टको लागि निशुल्क रुपमा अनलाइन फारम गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको १० वटै स्थानीय तहमा भोलिबाट विद्युतीय इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने जानकारी गराएको हो । सम्मेलनमा प्रमुख जिल्ला अधिकारी...

११ महिनामा झण्डै ६ हजारले गरे आत्महत्या

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षमा झण्डै ६ हजार जनाले आत्महत्या गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, चालु आवको साउन महिनादेखि हालसम्म ५ हजार ९४३ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४...