समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाका अनुसार, आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो...

करेन्ट लागेर मकवानपुरका तामाङको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने ३८ को बुद्धिलाल बल तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तामाङको बुधबार साँझ आफ्नो खेतमा सिचाँई गर्न पानी तान्ने मेसिन चलाउँदा करेन्ट लागेर मृत्यु भएको...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो बुधबार साँझ आएको चट्याङ जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ बस्ने २१ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बा ६० प ९४९१ नम्वरकोे मोटरसाइकलमा सवार...

युवा व्यवसायी तिवारी र बजगाईंले सञ्चालनमा ल्याए मोवाइल पसल

मकवानपुर । युवा व्यवसायी दीपक तिवारी र गोविन्द बजगाईंले हेटौंडाको बुद्धचोकमा सञ्चालनमा ल्याएको अ ब्रान्डेड मोबाइल सप उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका सभापति बु्द्ध लामाले आज रिबन काटेर पसलको उद्घाटन गरेका हुन् । सो अवसरमा सभापति लामाले युवा व्यवसायीहरु मिलेर स्वदेशमै रोजगारी सुरु गरेको भन्दै खुशी व्यक्त गरे...

कैलाश गाउँपालिकाको बजेट पारित

मकवानपुर । कैलाश गाउँपालिकाको दशौं गाउँसभाले समृद्ध कैलाश निर्माण गरौं भन्ने सोचका साथ बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा...

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको हो । यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसैगरी, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा...

निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनावका लागि सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत स्थानीय तहमा ७ अर्ब...

स्वास्थ्य सेवा विभागद्वारा मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका लागि आगामी आर्थिक वर्षको साउन महिनादेखि मासिक...

एकैदिन ११३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...