एकैदिन ११३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले सो अवधिमा २० जना संक्रमणमुक्त भएको जानकारी दिए । संक्रमणका बुधबार कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
