करेन्ट लागेर मकवानपुरका तामाङको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २३, बिहीबार ०८:५७
file-photo

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने ३८ को बुद्धिलाल बल तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तामाङको बुधबार साँझ आफ्नो खेतमा सिचाँई गर्न पानी तान्ने मेसिन चलाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, तामाङको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि हेटौंडामा अस्पतालमा राखिएको छ ।