मकवानपुरका लामा प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ असार २३, बिहीबार १६:२०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको भीमफेदीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेबाट लागूऔषध गाँजासहित एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ झ्याङे बस्ने २४ वर्षीय विजय लामा भनिने मानबहादुर मोक्तान रहेका छन् ।

उनलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले ६ किलो लागूऔषध गाँजासहित बुधबार दिउँसो पक्राउ गरेको हो । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा २९ प ३०४४ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।